राजावादीहरूको आन्दोलन तुहिइसक्योः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरुको आन्दोलन तुहिइसकेको टिप्पणी गरेका छन् । उनले राजावादीहरुले प्रदर्शन गर्नु अर्थहिन रहेको धारणा व्यक्त गरे ।

जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहीन रहेको टिप्पणी गरेका हुन् ।

पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उनले बताए । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरे ।

राजावादीहरुको आन्दोलनबारे सञ्चारकर्मीहरुले गरेको पश्नमा देउवाले भने, ‘कहाँ छ राजावादी आन्दोलन देशमा ? तुहिइसक्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *