रसुवा बाढी अपडेटः तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं । मंगलबार बिहान सबैरै रसुवाको गोसाईकुण्ड -२ रसुवागढी स्थित नेपाल-चिन अन्तर्राष्ट्रिय सीमानाकामा चीनतर्फ अबिरल बर्षाको कारण लेन्दे नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् । प्रहरीले हराइरहेका १८ जनाकै विवरण सार्वजनिक गरेको छ ।

बेपत्ता हुनेमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी ०४ बस्ने बर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ, जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने बर्ष २४ को प्र.ज. मुन्ना ठाकुर, प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने बर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा छन् ।

यस्तै चिनियाँ नागरिकहरू यु युइ, ली हुआकिङ, याङ चुआन, यु हाइ हाङ, यु जियाओ किउ र जोउ योङ छन् । सबै ६ जना चिनियाँ नागरिकहरू पुरुष हुन् । उनीहरू कसैको पनि उमेरको यकिन विवरण छैन ।

यस्तै बेपत्ता अन्य नेपालीहरूमा बर्दिया जिल्लाका ५ जना छन् । बर्दियाका बर्ष ३६ को जिपन चौधरी, बर्ष ३५ को सन्तोष दइत, बर्ष २५ को बुद्दीराम थारु, बर्ष २४ को लक्ष्मीनारायण थारु, बर्ष ३० को सुरेश थारु बेपत्ता छन् ।
यस्तै बाग्लुङका उमेर नखुलेका नरेन्द्र वि.क., सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *