रवीन्द्र मिश्रपनि अदालतमा हाजिर भए, न्यायाधीश महर्जनको इजलासमा थुनछेक बहस

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

मिश्रको न्यायाधीश तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुनेछ। गत चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा घटेको हिंसात्मक घट्नामा मिश्रलाई दोषी बनाईएको छ ।

उनी लामो समय हिरासत बसाईपछि बन्दी प्रत्यक्षीकरणको रिटमार्फत हाजिरी जमानीमा रिहा भएका थिए । तर, यो बीचमा उनी सम्पर्कमा नआएपछि प्रहरीले पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *