रवि लामिछानेविरुद्ध युवराज सफलले दुई वर्ष पहिले दायर गरेको मुद्दामा आज सुनुवाइ

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सुनुवाइ आज हुँदैछ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले पनि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका (दुरुपयोग गरेका) थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने रिट निवेदनमा माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *