यो वर्ष ७ सय वटा नयाँ उद्योग दर्ता भएका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष सात सय वटा नयाँ उद्योग दर्ता भएको दाबी गरेका छन् । उनले यो तथ्यांक अहिलेसम्मै उच्च संख्या भएको पनि उल्लेख गरेका छन्। यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग दर्ता हुने गरेको रेकर्ड भएको भएपनि यो वर्ष ७ सय वटा उद्योग दर्ता भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले सरकारले उद्यम र लगानीलाई प्रवद्र्धन गर्नेगरि कानून संशोधन गरेको र त्यसपछि उद्योग दर्ताको संख्या बढेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले फेशबुकमा लेखेका छन्–

यसवर्ष सात सय वटा नयाँ उद्योग दर्ता भएका छन्, जुन हालसम्मकै उच्च संख्या हो। यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग दर्ता हुने गरेको रेकर्ड छ। यसले पूँजी परिचालनमा सुधार ल्याउने छ। ०४६ सालको परिवर्तन पछिको पहिलो वर्षमा खुला आर्थिक गतिविधि बढेपछि उद्योग दर्ता यस्तै बढेको थियो। अहिले सरकारले उद्यम र लगानीलाई प्रवर्द्धन गर्नेगरी कानुन संशोधन गरेपछि उद्योग दर्ताको संख्या बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *