मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *