मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ। शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ।

मौद्रिक नीति नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ।

राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो। शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो।

बिहीबार साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *