मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

पनौती नगरपालिका ३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पनौती ५ बस्ने ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको छ। उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै उनका श्रीमान् मोटरसाइकल चालक ३२ वर्षीय ​विजय थापा र उनका छोरा ५ वर्षीय बीएन्स थापा घाइते भएका छन्।

विजयको बायाँ खुट्टाको गोलीगाँठामा चोट रहेको छ भने बीएन्सको निधारमाथि टाउकोमा चोट रहेको छ। उनीहरू दुवै जनाको ​शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। सुजनाको शव ​पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *