मैले कार्यकर्ताहरुसँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नरहेको बताएकी छिन् । आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र रु मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ । चिनजान पनि ठूलै छ । पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो । राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदैदेखि म पार्टीमा सक्रिय थिएँ । अहिले समाजसँग साक्षात्कार गर्नु, जनताको विचार, आकांक्षा बुझ्नु मेरो कर्तव्य हो । नयाँ पुस्ताका लागि देशका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *