मुलुकलाई लागूऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन्।

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागूऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताएका हुन्।

उनले भने, ‘लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ। त्यसैले हामीले एक वर्षमा लागूऔषधविरुद्धको महाअभियान लागू गरेका थियौं। त्यो अभियान सार्थक भएको छ।’

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए। ‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतिको सामना गर्नु छ। स्रोत साधानको कमी भए पनि चाहँदा धेरै काम गर्न सकिन्छ। त्यो यो एक वर्षमा देखिएको छ,’ उनले भने। लागूऔषधको विगविगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

गरेर युवामा यसको लत देखिएको छ। देशको भविष्य जोडिएको युवा शक्ति लागूऔषधमा फसको खिएक छ, उले भनेलागूऔषधविरुद्धक महाअभियानले परिणाम ल्याएको छ। लागूऔषधक अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन। लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ। य प्रहरीको मात्र हइन। सबै मानिसक जिम्मेवारी ह

यस्तै गृहमन्त्री लेखकले लागूऔषध व्यूरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए। लागूऔषध व्यलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु। मन्त्रालयबाट हुने सहयोग हुन्छ, उले भने।

गृहमन्त्रीले लागूऔषध व्यलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दि। कार्यक्रममा महानिरीक्षक थापाले लागूऔषध व्यलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीक प्रस्ताव सराहनीय रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *