मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन

मुगु। आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८१/०८२ मा तीन जिल्लाका ब्यावसायबाट ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ।

आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न राजश्वका विभिन्न आम्दानीका शीर्षकबाट सो रकम संकलन भएको छ।

०८०/८१ मा भने ४६ करोड ५ हजार राजस्व सङ्कलन भएको थियो। गत वर्षको तुलनामा ३ करोडले राजस्व संकलनमा वृद्धि भएको राजश्व कार्यालय जुम्लाले जनाएको छ।

कर कायालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार लक्ष्य ६३ करोड ७१ लाख मध्य ४९ करोड ४६ लाख अर्थात ७८ प्रतिशत राजस्व सङ्कलन भएको बताए।

कर अधिकृतका अनुसार, संकलित राजस्वमध्य ३४ करोड ९५ लाख आयकरबाट संकलन भएको हो भने भ्याट करतर्फ १३ करोड ५२ लाख, अन्तशुल्क करबाट ९८ लाख ६१ हजार राजस्व संकलन भएको जानकारी दिएका हुन्।

प्रमुख कर अधिकृत घिमिरेका अनुसार, आय करतर्फ व्यक्तिगत वा एकलौटी फर्मबाट १२ करोड १८ लाख ६९ हजार ६ सय ९४ रूपैयाँ ६९ पैसा, पारिश्रमिक आय करबाट १० करोड ३१ लाख ५२ हजार ९ सय ७१ रूपैयाँ ५९ पैसा संकलन भएको हो।

पुजिगत लाभ कर व्यक्तिगतबाट ८७ लाख ७५ हजार ५ सय २२ रूपैयाँ २५ पैसा, आकस्मिक लाभ कर व्यक्तिगतबाट ५९ लाख १० हजार ७७ रूपैयाँ, आय कर सरकारी प्रतिष्ठानहरूबाट ७१ हजार ६ सय ६१, आय कर पब्लिक लिमिटेडबाट ८५ लाख ७० हजार ७७ रूपैयाँ, आय कर प्रालिबाट १ करोड ९१ लाख ९६ हजार ४ सय ५० रूपैयाँ ९३ पैशा राजस्व संकलन भएको प्रमुख कर अधिकृत घिमिरेले जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *