काठमाडौं । रूपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् । उनीमाथि सहकारीको ६ करोड रकम अपचलन गरेको आरोप छ ।
करिब ६ वर्षदेखि फरार रहेका उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । बचतकर्ताको बचत अपचलन गरेको आरोपमा उनीविरुद्ध २०७८ सालमा मुद्दा दर्ता भएको थियो ।
