मान्छेहरु एक करोड तिरेर विदेश जान थालेः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले एक करोडसम्म लगानी गरेर मानिसहरु विदेश जाने गरेको बताएकी छन् । आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकलाई सम्बोधन गर्दै सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै यस्तो बताएकी हुन् । उनले शिक्षक भएको मान्छे पनि जागिर छाडेर विदेश जाने गरेको बताईन् ।

‘हामी नेपालीहरु सिधा पनि हो । अनभिज्ञ पनि हुँदारहेछौं । एक करोड तिरेर जाने मान्छे, एक करोड यहाँ लगानी गरेको भए त कति धेरै काम हुनसक्थ्यो । त्यस्तो पनि छ । जसलाई जब चाहिएकै छ, हाम्रो अपेक्षा एकदमै हाई छ । यहाँ टिचर भएको मान्छे पनि जागिर छाडेर विदेश जाने तर्खरमा लाग्दैरहेछ । यसमा चाहीँ हामी सबै जनाले यहीँभित्र रोजगार सिर्जना गर्नुपर्छ भनेर अहिलेको सरकार लागेको छ,’– उनले भनिन् ।

नेपालबाट गैरकानूनी रुपमा विदेश पुगेका खासगरी महिलाहरु एकदमै जोखिममा रहेको पनि उनले बताईन् । अहिले त्यस सम्बन्धमा मन्त्रालयले अध्ययन गरिरहेको बताउँदै उनले रिपोर्ट आएपछि आगामी नीति बनाइने उनले बताईन् । मान्छेले अवसरको खोजीमा विदेश जाने कुरा आफूहरुले रोक्न नसक्ने, तर जोखिममा रहेकाहरुको मामलामा भने एक्सन लिइने उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *