काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ ।
बैठकले अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा लगाएको निश्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष नेपालले पनि आफूमाथि झुटो मुद्दा लगाईएको ब्रिफिङ गरेका थिए ।
बैठकले राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास लिएको प्रकाश ज्वालाले जानकारी दिए । बैठकले अध्यक्ष नेपालले दलको अध्यक्ष र संसदीय दलको नेताको भूमिकाबाट बाहिर बस्न नपर्ने निश्कर्ष निकालेको छ ।
