काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएकाे छ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्न लागेकाे हाे । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् ।
बैठकका एजेण्डा यसअघि बुधबार बसेको पदाधिकारी बैठकले गरेको थियो । पदाधिकारी बैठकको निर्णयअनुसार स्थायी समितिमा रोकिएको अभियानलाई निरन्तरता र केन्द्रीय समितिको मिति तय गर्ने गर्नेबारे छलफल हुने छ ।
यसैगरी, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल हुने, सङ्गठन निर्माण विकास र आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ ।
