महिमानसिंह विष्टलाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दीनबन्धु बरालको इजलासले लिखत सम्बन्धी कसूरमा महिमानलाई एक लाख धरौटीमा छाड्ने आदेश गरेको हो । गत वैशाख १७ गते उनले आफूखुसी कागज तयार पारी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई विचाराधीन मुद्दाको सन्दर्भमा कारागार पठाएका थिए । सर्वोच्च प्रशासनले पछि महिमानले तयार पारेको उक्त पत्र आधिकारिक नरहेको बताउँदै रेशमलाई पक्राउ गरेको भए तत्काल रिहा गर्न अर्को पत्र तयार गरेको थियो । उक्त प्रकरणपश्चात महिमान सोही बेलुका पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *