महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

काठमाडौं । उच्च अदालत पाटनले नाउपाका संरक्षक रेशमलाल चौधरीलाई फर्जी पत्र काटेर केही घण्टा थुनाउने महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ ।

चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतको मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर रेशमलाई थुनाएका थिए । विष्टविरुद्ध किर्ते गरेको भन्दै मुद्दा चलाईएको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गरेको थियो । आज (बिहीबार) उच्च अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले काठमाडौं जिल्लाकै आदेश सदर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *