महिमानसिंह विष्टद्वारा बेरितको आदेश बदरको माग गर्दै निवेदन दर्ता

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले बेरितको आदेश बदर गर्न माग गर्दै उच्च अदालतम निवेदन दिएका छन्। जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि एक लाख धरौटीमा छाड्न दिएको आदेश बदर गर्न माग गर्दै विष्टले दिएको निवेदनमा आज सुनुवाई हुन लागेको हो ।

यसअघि नाउपाका संस्थापक तथा पार्टी संरक्षक रेशमलाल चौधरीले विष्टविरूद्ध जिल्ला अदालतको एक लाख धरौटीमा छाड्ने आदेश ठीक नभएको भन्दै निवेदन दिएका थिए । चौधरीले विष्टलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *