महाकाली नदीमा पानीको बहाव बढेपछि वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत राखिएको छ ।

सोमबार बिहान नदीमा पानीको बहाव एक लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहावमा वृद्धि भएर एक लाख ६८ हजार ३४४ क्युसेक पुगेको थियो ।

बेलुका ८ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख नौ हजार ९८० क्युसेक प्रहरी नायब उपरीक्षक सागर बोहराले उल्लेख गरे ।

उनका अनुसार नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *