ममाथि प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भाग्यो : रवि लामिछाने

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी दोहो¥याएका छन्। शनिबार चितवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।

आफूमाथि ‘प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भागेको’ पनि उनले टिप्पणी गरे। ‘यीनीहरूले म माथि प्रतिशोध साँधे नि, ढुक्क हुनुस् म बाट प्रतिशोधको राजनीति हुने छैन,’ लामिछानेले भने, ‘म लोकतन्त्रमा विश्वास गर्छु, मलाई लोकतन्त्रले थुनेको होइन। यी अपराधी, षडयन्त्रकारीहरुले थुनेका हुन्। यीनीहरू लोकतन्त्र होइनन्।’ यो देशमा लोकतन्त्र अझै जिउँदो रहेको उनले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *