मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौँ ।  मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।

केहीबेर अघि उनले सभामुखसमक्ष राजीनामा दिएका हुन् । विश्वासको मत लिन आज मधेस प्रदेशसभाको बैठक बसेको थियो । तर उक्त क्रममा बैठकबाट मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

१० मिनेटमा लागि बैठक स्थगित गरिए पनि डेढ घन्टा बित्दा पनि बैठक सुचारु नभएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल राजीनामा दिएका हुन् ।

सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *