भैरहवामा रास्वपाको संसदीय दलको बैठक जारी

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा शुरु भएको छ ।

प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा शुरु भएको हो । रास्वपाले आगामी कार्तिकमा हुने रुपन्देही -३ को उपनिर्वाचनलाई ध्यानमा राख्दै भैरहवामा नै संसदीय दलको बैठक बसेको छ ।

यस अघि रास्वपाका सांसदहरुले सामुहिक रुपमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट गर्न खोजेपनि कारागार प्रशासनले नदिएपछि कार्यवाहक सभापति डिपी अर्याल र सोबिता गौतमले मात्र भेट गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *