भूमि विधेयकमा लटरपटर गर्न खोजेको विश्वप्रकाशको आशंका, कार्यसूचीबाट हटाउन माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले संसद्मा पेश हुन लागेको भूमिसम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

आज (बुधबार) संसद्को कार्यसूचीमा रहेको उक्त विधेयक लटरपटर पार्न खोजिएको विश्वप्रकाशको आशंका रहेको छ । उनले सो विधेयक प्रयाप्त गृहकार्य नगरी सोझै पारित गर्न लागिएको बताएका छन् ।

‘भूमिसम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरि संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ,’ उनले भनेका छन्, ‘लटरपटर नगरौं, पुर्व सहमति खोजौं कि समितिमा पठाउँ । अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् भूमि विधेयक ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *