काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । जनमत पार्टी मुख्यालयमा बसेको मोर्चाको बैठकले सरकारले ल्याएको भूमि विधेयक देश र जनताको हितमा नभएकोले विपक्षमा उभिने निर्णय लिएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा बसेको बैठकले सरकारले संसदमा पेश गरेको भूमि विधेयक असंवैधानिक रहेको निष्कर्षसमेत निकालेको छ।
जनमतको सचिवालयले जनाएअनुसार सरकारले ल्याएको विधेयकले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेको छ । मोर्चाको बैठक यसअघि लोसपाको मुख्यालयमा बसेको थियो ।
बैठकको अध्यक्षता भने त्यतिवेला महन्थ ठाकुरले गरेका थिए । अबको बैठक जसपा नेपालको पार्टी कार्यालयमा बस्ने भनिएको छ ।