भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी हमलामा परी नेपाली सुदिप न्यौपानेसहित २६ जनाले ज्यान गुमाएको यस दुःखद् घडीमा भारत र नेपाल दुवै एक ठाउँमा उभिएको र दुःख सहेको पनि उल्लेख गरिएको छ ।

उक्त आतंकवादी हमलाको नेपालले तत्कालै एकस्वरमा निन्दा गरेको पनि परराष्ट्र मन्त्रालयले स्मरण गराएको छ । नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको पनि प्रतिबद्धता सुनाईएको छ । आतंकवादविरुद्धको लडाईंमा नेपाल सबैको साथमा रहने पनि मन्त्रालयले भनेको छ । नेपाल आफ्नो भूमि छिमेकीहरुविरुद्ध प्रयोग गर्न नदिने पूर्ववत् सिद्धान्तप्रति कटिबद्ध रहेको भनिएको छ । नेपालले बढ्दो तनावको अन्त्यसँगै यो क्षेत्रमै शान्ति र स्थायित्व चाहेको पनि उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *