भारतीय राजदूत श्रीवास्तवलाई प्रधानमन्त्रीले भने, ‘छिमेकी राष्ट्रको विरुद्ध नेपालको भूमि प्रयोग हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रीवास्तवले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा उनले जम्मू कश्मिरको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछि उत्पन्न परिस्थितिको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीवास्तवले आतङ्कवादी आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको बताएका थिए । तर, जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको उनले बताए । श्रीवास्तवले आतङ्कवादविरुद्ध नेपाल सरकारले जनाएको ऐक्यवद्धताप्रति आभार व्यक्त गरेको पनि बताइएको छ । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षमा रहेको र आतङ्कवादको सधैं खुलेर विरोध गर्ने विश्वास व्यक्त गरे । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *