भारतीय माझी श्रीलङ्काबाट पक्राउ

रामेश्वरम, तामिलनाडु । श्रीलङ्काली नौसेनाले तामिलनाडुको रामनाथपुरम जिल्लाबाट १४ जना भारतीय माझीहरूलाई पक्राउ गरेको छ ।

माछा मार्न गएका माझीमध्ये चारजनालाई बुधबार थोन्डी, तिरुप्पलाईबाट पक्राउ गरिएको थियो भने मङ्गलबार १० जनालाई तमिलनाडुको रामनाथपुरम जिल्लाको रामेश्वरमको पम्बन क्षेत्रबाट पक्राउ गरिएको थियो ।

तिरुप्पलाईबाट पक्राउ परेका माझीहरू विमलराज माथेस शक्ति र कार्थीको पहिचान गरिएको छ ।

सी वर्कर्स एसोसिएसनका प्रदेश अध्यक्ष एस मुर्गन्थमलाई उद्धृत गर्दै एएनआईले श्रीलङ्काली नौसेनाले डुङ्गामा माछा मार्न गएका १० माझीहरूलाई पम्बनबाट पक्राउ गरेको जनाएको छ ।

श्रीलङ्काली नौसेनाले रामनाथपुरम जिल्लाबाट एकै दिनमा १४ माझीलाई पक्राउ गरेको घटनाले माझिहरुबीच अशान्ति निम्त्याएको जनाइएको छ ।

यसअघि जुलाई २९ मा रामेश्वरमका पाँच माझीलाई श्रीलङ्काली सेनाले माछा मार्दा अन्तर्राष्ट्रिय समुद्री सीमा पार गरेको आरोपमा पक्राउ गरेको थियो ।

मछुवा सङ्घका सचिव एनजे बोसका अनुसार श्रीलङ्काली नौसेनाले बारम्बार पक्राउ गर्ने डरका बाबजुद पनि मछ्वाहरू समुद्रमा गएको जनाएका छन् ।

उनीहरूले मन्नारको खाडीमा धनुषकोडी र थलाइमन्नारको बिचको पानीमा माछा मारिरहेको अवस्थामा श्रीलङ्काली नौसेनाले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएका छन् ।

सेनाले जस्टिन नाम गरेका स्थानीय माझीको यान्त्रिक डुङ्गा जफत गरी डुङ्गामा रहेका पाँच माझीहरूलाई हिरासतमा लिइएको जनाइएको छ ।

पक्राउ परेका व्यक्तिहरू थाङ्गाचिमडमका जस्टिन, मोबिन, रामेश्वरमका साइमन पम्बनका डेनिसन र शेखर सबै रामेश्वरम क्षेत्रका बासिन्दा हुन् ।

बोसले उनीहरूलाई सोधपुछका लागि मन्नार नौसेना शिविरमा लगिएको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *