भदौ २४ गते हामी भागेका हैनौँ, सुरक्षित बसेका हौँ : महेश बस्नेत

काठमाडाैँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आफूहरू नभागेको दाबी गरेका छन्। आइतबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै त्यो दिन एमाले नेताहरू भागेको नभई सुरक्षित बसेको टिप्पणी गरेका हुन्।

‘भदौ २३ र २४ गते तिमिहरू भाग्यौ भन्छन्। जसरी भूकम्पको बेलामा हामी सबै घरबाट निस्कियौँ। जो निस्किएनन् जीर्ण घर भएका मान्छेहरू बितेर गए,’ बस्नेतले भने, ‘२३ र २४ गते सुरक्षित बसेको हो हामी, सुरक्षित भएको हो हामी।’ कुनै आन्दोलनमा त्यो तहको हिंसा गर्छन् भन्ने आफूले कल्पना नगरेको उनले बताए।

‘जेन–जीका नाउँमा नेपाली मन भएका र नेपालीले सिंहदरबार जलाउन सक्दैन। जलाउनेहरू आतंककारी हुन्। आतंककारीबाट हामी त्यो दिन बचेकै हो,’ बस्नेतले अगाडि भने।

सर्वोच्च अदालत जलाउने पनि आतंककारी र विदेशी दलाल रहेको उनले टिप्पणी गरे। उनले भने,‘लुसिफर हो त्यो। त्यो दिन हामी सुरक्षित बसेकै हो।’

दलहरूका गतिविधि नभएको भन्दैमा दलहरू सक्किएको नसम्झन पनि बस्नेतले चेतावनी दिए। ‘तिम्रा गुरुबालाई गएर सोध–जसले तिमीलाई उचालेको छ, जसले तिमीलाई भड्काएको छ। जसले बारबरा फाउन्डेसनका नाममा हामी नेपालमा लगानी गरेको छ। तिम्रो गुरुबाउ, गुरुआमाको देशमा लोकतन्त्र छ कि छैन,’ बस्नेतले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *