ब्रासिलिया । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले मङ्गलबार राति बिरामी परेपछि जुलाईका लागि तय भएका सबै कार्यक्रम रद्द गरेको बताएका छन् ।
उनी विरामी भई आपतकालीन उपचारको आवश्यक परेकोले आगामी महिनाका कार्यक्रम रद्द गर्नुपरेको उनको परिवारले जनाएको छ ।
बोल्सोनारोले पूर्व राष्ट्रपतिद्वारा हस्ताक्षरित र उनका छोरा फ्लाभियोले एक्समा प्रकाशित गरेको संक्षिप्त वक्तव्यमा भनेका छन्, “मलाई लगातार बाडुली लाग्ने र वान्ता हुने समस्या भएको र यसले बोल्न समेत समस्या भएको छ ।”
सन् २०१८ मा छुरा प्रहारबाट उत्पन्न आन्द्राको समस्याका कारण ७० वर्षीय नेताको गत अप्रिलमा शल्यक्रिया गरिएको थियो । उनीविरूद्ध ब्राजिलको सर्वोच्च अदालतमा कथित ‘कू’ को अभियोगमा मुद्दा चलिरहेको थियो ।
