काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैतडीको पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुभारम्भ गरेका हुन् ।
उद्घाटन कार्यक्रमअन्तर्गत माओवादी केन्द्र पाटनले आयोजना गरेको सभालाई प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । संगठन सुदृढिकरण अभियानअन्तर्गत माओवादीले यसअघि तराई–मधेश जागरण अभियान चलाएको थियो ।