बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता

रामल्ला । बेलायती प्रधानमन्त्री कीर स्टारमरले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग बुधबार फोनवार्ता गरेका छन् । उक्त वार्तामा स्टार्मरले बेलायतले अर्को सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले स्टारर्मले अब्बासलाई फोन वार्ताको क्रममा दीर्घकालीन र दिगो शान्ति प्राप्त गर्ने बेलायतको प्रतिबद्धतालाई पुष्टि गरेको रिपोर्ट गरेको छ । वेलायती प्रधानमन्त्री स्टारर्मले संयुक्त राष्ट्रसङ्घलाई गाजा पट्टीमा नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्न पुनः सुरु गर्न अनुमति दिने विषयलाई जोड दिएका पनि बताइएको छ ।

स्टार्मरले प्यालेस्टिनी राष्ट्रपतिलाई छलफल पूरा गर्न लन्डन भ्रमणको आह्वान गर्दै राजनीतिक वार्ता र दुई राज्यविच आवाश्यक समाधानको कार्यान्वयनको लागि योजना विकास गर्न बेलायतले आफ्नो सहकार्य जारी राख्ने पनि बताएका जनाइएको छ ।

प्यालेस्टिनी राष्ट्रपति अब्बासले प्यालेस्टाइन राज्यलाई मान्यता दिने ऐतिहासिक कदमका साथै यस क्षेत्रमा शान्ति र स्थिरताका लागि सहकार्य गर्न प्रतिवद्धता जनाएकोमा बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिँदै साहसी कदम महत्वपूर्ण र ऐतिहासिक क्षणमा आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *