बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी। पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेका छन्।

गोताखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले आज तालको ३५ फिट गहराईमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं. २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए।

उक्त गणका सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली शवको खोज तथा उद्धारमा खटिएको गणपति तिमिल्सेनाले जानकारी दिए। अन्य व्यक्तिसँगै डुंगा सयरमा निस्कएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए। श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *