बिहे घरमा नाच्दानाच्दै करेन्ट लागेर युवकको मृत्यु

विराटनगर । विराटनगरमा बिहे घरमा करेन्ट लागेर शनिबार राति एक युवकको ज्यान गएको छ।

विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।

कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा बिहानका राति १:३० बजेतिर अमितलाई करेन्ट लागेको थियो ।

नाच्दानाच्दै डिजेको तारमा लडेका उनलाई करेन्ट लागेकोमा उपचारका लागि कोशी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विस्तृतमा अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *