बिरे जात्राका लागि अपीहिमाल गाउँपालिकामा तीन दिन बिदा

दार्चुला  अपीहिमाल गाउँपालिकामा लाग्ने लामो जात्रा बिरे जातका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ।

अपीहिमाल गाउँपालिका३ मा लाग्ने सुर्मा भवानी ‘बिरे जात’ को अवसरमा गाउँपालिकाभरि तीन दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

अपहिमालको क्षेत्ती, घाँजिरदेखि बझाङको सुर्मासरोवरसम्म लाग्ने सुर्मा भवानीको ‘बिरे जात’को अवसरमा गाँपालिकामातहतका सम्पूर्ण कार्यालयहरूमा बुधबार, बिहिबार र शुक्रवार तीन दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले बताए।

जिल्लाकै सबैभन्दा ठूलो जात्राका रूपमा मनाइने सुर्माभवानीको जात्रा साउन १८ गतेबाट सुरु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *