बिजुली गएपछि मोबाइलको लाइट बालेर सिंहदरबारमा बैठक

काठमाडौं । काठमाडौं उपत्यका र तराई मधेशका क्षेत्रमा व्यापकमात्रामा हावाहुरी र चट्याङसहितको वर्षाको प्रभाव शुक्रबार साँझ सिंहदरबारमा पनि देखिएको छ । बिहीबारदेखि नै बिजुली अनियमित भएको अवस्थामा शुक्रबार सिंहदरबारभित्र पनि बत्ती जाँदा मोबाइल बालेर बैठक गर्नु परेको छ। यसरी सामाजिक संजालमा व्यंग्य गर्न थालेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशकले पत्रकार सम्मेलन नै गरेर लोडसेडिङ नहुने र प्राविधिक समस्या आएको बताए । शाक्यले दिउँसो पत्रकार सम्मेलन गरी यस्तो बताएपनि साँझ विजुली जाने समस्या उस्तै देखिएको छ । विजुली गएकै कारण साँझ संसदको शिक्षा उपसमितिको बैठक मोबाइल बालेर बसेको तस्बिर रास्वापाकी सांसद सुमना श्रेष्ठले सार्वजनिक गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *