बालेनलक्षित हर्कको स्टाटस: ‘अचेत जिन्दगीको जय होस्’

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाह लक्षित स्टाटस लेख्दै आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा लेखेको स्ट्याटसबारे चर्को आलोचना भइरहेका बेला धरानका मेयर साम्पाङले सामाजिक सञ्जालबाटै मेयर शाह लक्षित स्टाटस लेख्दै उक्त प्रश्नको जवाफ खोजेका छन् ।

उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ! अचेत जिन्दगीको जय होस् !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *