काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका बेला पूरै देश कांग्रेस-एमालेले जलाएको आरोप लगाएका छन् ।
उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनमा एमालेले कांग्रेसको र कांग्रेसले एमालेको घर जलाएर दोष अरूलाई लगाएको दाबी गरेका हुन् ।
‘आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ,’ उनले लेखका छन् ।
यस्तै उनले चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्,
‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?’
