बालुवाटारको त्रिपक्षीय छलफल जारी, बैठकमा सरकार, दलहरु र जेनजीबाट को-को छन् सहभागी ?

काठमाडौं । निर्वाचनको वातावरण बनाउनको लागि प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सरकार, राजनीतिक दल र जेनजीहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा

सरकार, राजनीतिक दल र जेनजी त्रिपक्षीय संवादमा राजनीतिक दलका नेताहरु माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा सहभागी छन् । यस्तै, जसपा नेपालबाट प्रकाश अधिकारी र दिपक कार्की छन्। कांग्रेसबाट डा. प्रकाशशरण महतमात्रै सहभागी छन् । गगन थापापनि सहभागी हुने भनिएकोमा अहिलेसम्म उनी बैठकमा पुगेका छैनन् ।

एमालेबाट भने महेश बर्तौला र क्षितिज थेबे सहभागी छन् । जेनजी पनि सहभागी हुने भनेकाले एमाले नेतृत्वले युवाहरु बर्तौला र थेबेलाई बैठकमा पठाएको हो ।

यस्तै, माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) बाट भने उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता प्रकाश ज्वाला सहभागी छन् । यसअघिको बालुवाटार बैठकमा पनि यी दुई नेता सहभागी थिए । राप्रपाबाट नेता राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ छन् ।रास्वपाबाट भने उपसभापति डा. स्वर्णिम वाग्ले र नेतृ निशा डाँगी सहभागी छन् । सिके राउत नेतृत्वको जनमतबाट भने वसन्त कुशवाह सहभागी छन् ।

मन्त्रिमण्डलबाट सरकारबाट भने प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, कानूनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन सहभागी छन् । जेनजी प्रतिनिधिहरु मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *