बालकृष्ण खाँणको सक्रियता बढ्यो, महेन्द्र यादव लिएर कोइराला निवासमा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक सक्रियता बढाएका छन् । उनी यतिवेला कोशी प्रदेशको भ्रमणमा छन् । आज उनी विराटनगरमा रहेको ऐतिहासिक कोइराला निवासमा पुगेका छन् ।

उनीसँगै सहमहामन्त्री महेन्द्र यादवपनि थिए । पछिल्लो समय नेता डा. शेखर कोइरालाको पक्षमा खुलेका खाँणले आजबाट भने कांग्रेसमा प्रष्ट सन्देशसमेत दिएको चर्चा छ । उनी १५औं महाधिवेशनमा सभापतिका उम्मेद्वारको रुपमा प्रस्तुत गरेका शेखरकै पक्षमा खुल्ने निश्चित् भएको छ ।

उनले कोइराला निवासलाई भने पवित्र भूमिको रुपमा चित्रण गरे । आफ्नो लागि त कोइराला निवास तीर्थस्थलजस्तै भएको पनि खाँणको प्रतिक्रिया थियो । उनले भने,‘कोइराला निवास मेरा लागि तीर्थ हो। यो पवित्र भूमि हो। यहाँ कृष्णप्रसाद, बीपी र गिरिजा बसेका थिए। मैले यो भूमिलाई स्पर्श गर्ने चाहना राखेको थिएँ, आज त्यो पूरा भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *