बाढी घरमा पस्दा महिला बेपत्ता

त्रिशूली (नुवाकोट) । अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएको छ ।

बिमचा खोल्सी (कोल्पु खोला)मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।उनको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो ।

हाल उनको खोजी भइरहेको जनाइएको छ । बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।

बाढीले थप तीन वटा गोठमा पनि क्षति पु¥याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *