बागमतीका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) उनले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बानियाँले ८ सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट २ जना र एमालेबाट ६ जना मन्त्री नियुक्त भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री बानियाँ आफैंले राखेका छन् ।

त्यसैगरी, एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपंछी विकास मन्त्री, किरण थापा मगर स्वास्थ्य मन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायात मन्त्री, डा.दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री, विन्दु श्रेष्ठ उद्योग बाणिज्य मन्त्री, भरत बहादुर केसी वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट कृष्णकुमार तामाङ मन्त्री खानेपानी, ऊर्जा तथा सिचाइमन्त्री र शिवराज अधिकारी जिम्मेवारी तोकिनेगरी मन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *