बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनैपनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताए।

उनले लेखेका छन्,‘ कुनैपनि कोण र बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन। यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ। सरकारले यस प्रकारको कार्य तत्काल रोकोस्।’

श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *