काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।
अख्तियारले आज (शुक्रबार) विहान प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको हो । आयोगको काठमाडौंको टोलीले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई पक्राउ गरेको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवमाथि पोखरिया र बहुदरमाई नगरपालिकाका विभिन्न योजना र ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोप छ ।
