बहादुरसिंहलाई दलको नेताबाट हटाउन कांग्रेसका २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका २१ जना बागमती प्रदेशसभा सदस्य (सांसद) हरुले बहादुरसिंह लामा तामाङलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । बागमतीमा कांग्रेसका ३७ सांसद रहेका छन् ।

बहुमत सांसदले तामाङलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले ईन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी थालेका छन् । नेता बानियाँ समूहका २१ सांसदहरुले संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई हस्ताक्षर बुझाएका हुन् ।

आज नै कांग्रेसका ४ मन्त्रीहरुले मुख्यमन्त्री तामाङलाई राजीनामा बुझाएका थिए । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *