काठमाडौं । नेपाली कांग्रेसले बजेट पारित गर्नको लागि आफ्ना सांसदहरुलाइए ह्वीप जारी गरेको छ ।
प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १० गते बस्ने बैठकमा विनियोजन विधेयक २०८२ निर्णयार्थ प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित हुन र तटस्थ नरहन ह्विप जारी गरेका हुन।
प्रमुख सचेतक घिमिरेले विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न पनि निर्देशन ह्विपमार्फत दिएका छन्
। यसअघि सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) ले पनि बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ । एमालेका मुख्य सचतेक महेश बर्तौलाले ह्वीप जारी गरेका हुन् ।
