प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

काठमाडौँ। प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगरमा जारी १० औँ महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए । केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *