प्रभावकारी बन्दै विर्तामोडको तरकारी बिक्री केन्द्र

झापा । विर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन्।

नगरका विभिन्न वडामा सात वटा सुपथ मूल्यका बिक्री केन्द्र र विर्तामोडमा मुख्य सङ्कलन केन्द्र सञ्चालन गर्दै आइएको नगर कार्यालयले जनाएको छ। किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी सङ्कलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्र प्रसाद कडरियाले बता। उका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७३ लाख २३ हजार ५४० मूल्य बराबरको २७६ मेट्रिक टन तरकारी संकलन भएको थियो।

नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोकेर उक्त मूल्य नपाएमा क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ। समर्थन मूल्यभन्दा कम मूल्यमा तरकारी बेचेका २४ जना किसानलाई पालिकाले क्षतिपूर्ति स्वरुप रकम भुक्तानी गरेको उले बता

गत आवमा नगर क्षेत्रका तरकारी किसानलाई नगरपालिकाबाट समर्थन मूल्य बापत १२ लाख ८१ हजार ८८७ भुक्तानी प्रदान गरिएको नगरका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जानकारी दि। उका अनुसार नगरलाई अग्र्यानिक तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले विगत एकवर्ष अघि पालिकाले तरकारीको समर्थन मूल्य तोकेको हो।

पालिकामा सूचीकृत भएर व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या ११७ रहेको जनाउँदै उपप्रमुख सङ्ग्रौलाले संकलन केन्द्रबाट ६७ जना किसानले तरकारी बिक्री गर्दै आएका बता। नगरले गत वर्षदेखि ‘पारिको होइन बारीको खाउँ’ भन्ने नारासहित अग्र्यानिक कृषि प्रवद्र्धनका लागि लगानी गर्दै आएको उले जानकारी दि

कृषि शाखाले जनाएअनुसार विर्तामोड नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्यबापत प्रतिकिलो काउली २६, बन्दा २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, बैगुन २६, सिमी ४६, काँक्रा २५, भिण्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटर ३० रहेको छ।

किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त होस् भनेर पालिकाले समर्थन मूल्य तोकेर रकम भुक्तानीको व्यवस्था गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बता। उत्पादित तरकारी बजारीकरणमा समस्या नहोस् भनेर पालिकाले संघीय सरकारको सहयोगमा रु २६ लाखमा कृषि एम्बुलेन्ससमेत खरिद गरेको उले जानकारी दि

व्यावसायिक तरकारी उत्पादनमा किसानलाई प्रेरित गर्न हामीले समर्थन मूल्य तोकेका हौं, नगरप्रमुख प्रसाईंले भनेभारत र पहाडी जिल्लाबाट आएका तरकारीमा अत्यधिक विषादीको मात्र भेटिएपछि अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने अवधारणा ल्याएका हौ

नगरमा सबैभन्दा बढी समर्थन मूल्यबापतको भुक्तानी रकम प्राप्त गर्नुभएका तरकारी उद्यमी प्रदीप खनालले यसले तरकारी किसानलाई उत्साह र प्रेरणा थपेको बता। उले एक वर्षमा समर्थन मूल्यबापत रु पाँच लाख ३४ हजार ५११ प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *