काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि बारा जाने भएका छन् । बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्न प्रधानमन्त्री भोलि त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओली आज खोटाङ जाने भनिएको थियो । तर, खोटाङको कार्यक्रम स्थगित् भएको जनाईएको छ । पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकपछि ओली पहिलोपटक भोलि काठमाडौंबाहिर जान लागेका हुन् । प्रधानमन्त्री ओली हालै झापा र इलामको भ्रमण गरेर फर्किएका थिए ।
