प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट स्वदेश फिर्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट स्वदेश फर्किंएका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली हिजो राति स्वदेश फर्किएका हुन् ।

उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका थिए।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता समेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *