प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताको बैठकमा के–के भयो छलफल ?

काठमाडाैं । बालुवाटारमा बसेकाे सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेताकाे बैठक सकिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेता र महान्यायाधिवक्ता रमेश बडालसहितको बैठक एक घण्टा बसेर सकिएको हो । समसामयिक राजनीति, मन्त्री हेरफेरमा केन्द्रित हुने भनिए पनि यो छलफल केन्द्रित नभएको बालुवाटार स्रोतले जानकारी दियो ।

‘संक्रमणकालीन न्याय, कानून सुधार, संशोधन, भूमि विधेयकसहितका विषयमा दुई दलीय नेताले महान्याधिवक्तासँग छलफल गर्नुभएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘समसामयिक राजनीति, मन्त्री हेरफेरको विषयमा आजको बैठक केन्द्रित भएन ।’

सरकारका मन्त्रीको कार्यसम्पादन, मन्त्री हेरफेरको विषयमा दुई दलका शीर्ष नेताबीच फेरि छलफल हुनेछ । बैठकमा महान्यायाधिवक्ता बडाल पूरै समय बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *